काठमाडौं : संविधानप्रति असन्तुष्टि राख्दै भएको मधेस र थरुहट आन्दोलनको छानबिनका लागि २०७३ साउन २१ मा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा आयोग गठन गर्यो। आयोगले २०७४ मंसिर २९ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझायो। तर, प्रतिवेदन बुझेको ६ वर्ष पुग्न लाग्दासमेत सार्वजनिक हुन सकेको छैन। देउवा नेतृत्वको गठबन्धन सरकारले गत वर्ष आफ्नो साझा न्यूनतम कार्यक्रम भित्रै ‘लाल आयोगको प्रतिवेदन सा