वामपन्थी दलबारे भुसालको प्रश्न - एकता रोज्ने कि सत्यानाश ?

नेकपा एमालेका नेता घनश्याम भुसालले कम्युनिष्ट पार्टीहरू विभाजन हुँदा कांग्रेसलाई त्यसको लाभ मिलेको बताएका छन् । उनले अहिले कम्युनिष्टको तेलमा कम्युनिष्टको धुलाई गर्दै कांग्रेसले शासन गरिरहेको बताए । बुधबार काठमाडौंमा भएको नेपाली कम्युनिष्ट आन्दोलन र अबको बाटो विषयक विचार गोष्ठीमा बोल्दै नेता भुसालले केपी ओली र प्रचण्डबीचको गोप्य सम्झौताका कारण जुटिसकेको कम्युनिष्ट आन्दोलन फेरि विभाजनको सिकार बनेको बताए ।