राप्रपाको आसन्न महाधिवेशनमा नायिका रेखा थापाले अध्यक्ष कमल थापाका प्रत्यासी बनेका राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छिन् । मंसिर १५ देखि सुरु हुने महाधिवेशनमा लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार आयोजित उम्मेदवारी घोषणामा नायिका थापा पनि सहभागी भइन् ।थापा राप्रपाकी केन्द्रीय सदस्य हुन् । लिङदेनलाई साथ दिनुको कारण खुलाउँदै थापाले रातोपाटीसँग भनिन्, ‘ सबै पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेको छ, त्यसैले मैले राजेन्द्रजीलाई साथ दिएकी हुँ