शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)लाई विकट ठाउँमा लैजानुपर्ने बताएका छन् । मंगलबार सीटीईभीटी कार्यरत कर्मचारीसँगको छलफलमा मन्त्री पौडेलले प्राविधिक शिक्षातर्फ नागरिकको पहुँच विस्तार गर्न सीटीईभीटीलाई गाउँ गाउँमा लैजानुपर्ने बताए । उनले भने, ‘सीटीईभीटी भनेको शिक्षा मन्त्रालय मातहतको हो । जहाँ गरिबी छ त्यहाँ लगेर रोजगारमुलक दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ ।’ उनले यस कार्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने