प्रहरी समायोजन टुंग्याउन प्रदेश सरकारको ध्यानाकर्षण पत्र

सात दिनभित्र प्रहरी समायोजन नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित मधेस प्रदेश सरकारले प्रधानमन्त्री शेरवहादुर देउवालाई ध्यानाकर्षण पत्र पठाएको छ । आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेस सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण पत्र पठाएका हुन् ।

सम्बन्धित सामग्री

प्रदेशमा प्रहरी समायोजन गर्न संघीय सरकारको ध्यानाकर्षण

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न सातै प्रदेशका गृहमन्त्रीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री र गृहमन्त्रीले प्रहरी कर्मचारी समायोजन ऐनअनुसार छिट्टै प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको वाग्मतीका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

एक साताभित्र प्रहरी समायोजन गर्न प्रधानमन्त्रीलाई मधेश सरकारको ध्यानाकर्षण

मधेश सरकारले एक साताभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ। प्रदेश सरकारका गृह तथा संचार मन्त्री भरतप्रसाद साह नेतृत्वको मन्त्रीहरुको टोलीले प्रदेश प्रमुख हरि शंकर...