बागलुङ नगरले जारी गर्‍यो श्वेतपत्र

बागलुङ – बागलुङ नगरपालिकाले नगरको समग्र स्थिति झल्काउने गरी श्वेतपत्र जारी गरेको छ। नगरपालिकाद्वारा शुक्रबार आयोजित श्वेतपत्र सार्वजनिकीकरण समारोहमा नगरप्रमुख वसन्तकुमार श्रेष्ठले नगरपालिकाको आर्थिक, सामाजिक, भौतिक, प्रशासनिकलगायत क्षेत्रको यथार्थ अवस्थाको जानकारीका लागि श्वेतपत्र सार्वजनिक गरिएको बताए। समृद्ध नगरको लक्ष्य हासिलका लागि वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना तय गर्न श्वेतपत्रले आधार तयार गर्ने उनको भनाइ छ। […]

सम्बन्धित सामग्री

कहिले आउला बागलुङमा पानी ?

कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशील बन्छ ? यस्ता धेरै प्रश्न नगरवासीले पटकपटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा, स्वास्थ्य र आधारभूत आवश्यकतामा प्रश्न उठ्ने गरेका छन् । शनिबार बागलुङ नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि गरेको पहिलो सार्वजनिक सुनुवाइमा पनि यस्तै प्रश्न उठे । बजेट किताब सार्वजनिक र श्वेतपत्र जारी गरेलगत्तै नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्दा आधारभूत आवश्यकतामा बढी प्रश्न