रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका ५ थर्पुमा रहेको प्रसिद्ध धार्मिक स्थल डिग्रे शाईकुमारी मन्दिरमा यस वर्ष लागेको मेलाबाट १४ लाख ७१ हजार चार सय ५० रुपैया सङ्कलन भएको छ ।
हरिबाेधनी एकादशीदेखि पूर्णिमासम्म गरेर पाँच दिन लागेको मेलामा आएका दर्शनार्थीले मन्दिरमा चढाएको भेटी, बलि चढाएको बोकाको टाउको मूल्य, होटल सञ्चालन र पिङ सञ्चालनबापत मन्दिर व्यवस्थापन समितिले १४ लाख रुपैयाँभन्दा बढी रकम सङ्कलन गरेको हो ।
मेलाको तीन दिनमा बलि चढाइएका एक हजार ६१ बोकाको टाउको बिक्रीबाट ६ लाख ६४ हजार सात ...