नेपाली श्रमिकका लागि असुरक्षित बन्दै साउदी

साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित बन्दै गएको छ । साउदीमा रहेको नेपाली दूतावासका अनुसार अगस्ट (साउन १६ देखि भदौ २९ सम्म) महिनामा मात्रै समस्यामा परेर स्वदेश फर्किन दूतावासमार्फत २१५ जनाले ‘एक्जिट’ भिसा लगाएका छन् । दूतावासका अनुसार अगस्ट ३ मा ७९ जनाले, अगस्ट १० मा ४१ जनाले, अगस्ट २२ मा ५८ जनाले र अगस्ट २९ मा ३७ जना गरी २१५ जनाले साउदीबाट स्वदेश फर्कने अनुमति अर्थात् एक्जिट भिसा पाएका छन् ।

सम्बन्धित सामग्री

इजरायलबाट १९ जना ल्याइयो

इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन आग्रह गरेपछि १९ जनालाई पुनः ल्याइएको छ । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो । भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए । उहाँले भन्नुभयो, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिनुभएको थियो ।

रोकिएन घरेलु श्रमिकको अवैध बाटो

सरकारले मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा महिलालाई जान रोक लगाएको छ वर्ष भइसकेको छ तर ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । अवैध बाटो हुँदै त्यहाँसम्म पुग्ने प्रचलन बढ्दो छ, जसले महिला असुरक्षित हुने क्रम पनि बढेको छ । तत्कालिन संसद्को श्रम तथा उपभोक्ता हित समितिले २०७३ चैत २० गते ती देशमा घरेलु काममा जाने महिला विभिन्न किसिमको शोषणमा परेको भन्दै सुरक्षाको प्रत्याभूति नभई ती देशमा घरेलु श्रमिक नपठाउन निर्देशन दिएको थियो । समितिको निर्देशनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अर्को निर्णय नहुँदासम्म ती देशमा घरेलु काममा जान प्रतिबन्ध लगाएको थियो । त्यसयता नेपालबाट नियमित बाटोबाट घरेलु काममा जान पाएका छैन । अनियमित बाटो हुँदै जाने क्रम भने रोकिएको छैन ।

अधिकार र सुरक्षाको विवादमा आप्रवासी महिला श्रमिक

सरकारले वैदेशिक रोजगारीमा घरेलु श्रमिकका रूपमा जाने महिलाको श्रम स्वीकृति रोक्का गरेपछि विगत पाँच वर्षयता विदेश जाने समग्र महिलाको संख्यासमेत घट्दै गएको छ । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि विदेश जाने महिलाको संख्या घटेको हो ।समितिको निर्देशनपछि सरकारले घरेलु […]

भारतीय श्रम बजार नेपालीहरुका लागि असुरक्षित बन्दै गएको दाबी

कैलाली । सुदूरपश्चिम प्रदेशबाट मात्र भारतमा करिब ६ लाख नेपालीहरु असंगठित तवरले काम गर्दै आएको अनुमान छ । तीमध्ये अधिकांश असुरक्षित रुपमा कष्टपुर्ण श्रम गर्दै आएको विभिन्न संस्थाले गरेको अध्ययनले देखाएको छ । नेपाली श्रमिकका लागि भारतीय श्रम बजार असुरक्षित बन्दै गएको श्रमिकहरुको गुनासो छ । भारतमा नेपाली श्रमिक शोषणमा पर्दा पनि सरकारले उनीहरुले भोग्दै […]

वैदेशिक रोजगारीमा महिला असुरक्षित हुने क्रम बढ्दो

देशको अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठुलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षणमुखी अवधारणाका नाममा विगत सात वर्षदेखि मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठुलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको हो ।

असुरक्षित गन्तव्य बन्दै साउदी अरब

पछिल्लो पटक साउदी अरब नेपाली श्रमिकका लागि असुरक्षित गन्तव्य बन्दै गएको छ । साउदी अरबमा रोजगारीका लागि गएका नेपाली श्रमिक विभिन्न समस्याका कारण असुरक्षित हुने क्रम बढेको हो । सन् २०२३ जनवरीदेखि मार्च २० सम्म ५४५ जना नेपाली श्रमिक विभिन्न कारणले स्वदेश फर्किएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार जनवरीमा २३१ जना, फेब्रुअरीमा ९८ जना र मार्चको २० सम्म २१६ जना नेपाली बहिर्गमन भिसा प्राप्त गरेर स्वदेश फर्किएका हुन् ।

अवैध बाटो झन् असुरक्षित

अर्थतन्त्र धानिरहेको विप्रेषणमा महिला श्रमिकको पनि ठूलै योगदान छ तर यसरी नेपालको अर्थतन्त्रमा योगदान पु-याउने महिलामाथि राज्यको विभेदकारी नीति भने कायमै छ । सरकारले वैदेशिक रोजगारीमा जाने महिलाको हकहित तथा सुरक्षाका लागि काम गर्नेभन्दा पनि गन्तव्य मुलुकमा प्रतिबन्ध लगाउँदा महिला श्रमिक थप समस्यामा पर्दै आएका छन् । संरक्षण अवधारणाका नाममा मलेसिया र खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा जान प्रतिबन्ध लगाउँदा यसको प्रत्यक्ष असर ठूलो सङ्ख्यामा घरेलु श्रमिकका रूपमा जाने महिला श्रमिकमाथि परेको छ । ती मुलुकमा महिला जाने क्रम भने रोकिएको छैन । बरु अवैध बाटो हुँदै त्यहाँ पुगेका महिला असुरक्षित हुने क्रम बढेको छ ।