अफगानिस्तानको बारेमा युनिसेफले गरेको हालैको रिपोर्टमा अक्टोबर २०२३ सम्म १५ मिलियन भन्दा बढी मानिसहरूले खाद्य असुरक्षा सिकार हुने प्रक्षेपण गरिएको छ जसमा २९ दशमलव २ मिलियन मानिसहरूलाई मानवीय सहायता आवश्यक परिरहेको समाचारहरूमा उल्लेख छ।यो अवस्था आउनुमा अफगानिस्तानको खडेरी, बाढी, असुरक्षा, कडा जाडो, राजनीतिक र आर्थिक अस्थिरता र विस्थापनले बढाएको छ। अगस्ट २०२१ मा तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिएपछि, अफगानिस्तानमा मानिसहरूको अवस्था मात्र बिग्रिएको छैन कि देश ठूलो मानवीय संकटको चपेटामा छ।