महिलालाई कम्बोडिया लगेर यौनदासी बनाउने पक्राउ, थप १५ जना अलपत्र पारेको उजुरी

काठमाडौं : आकर्षक जागिर लगाइदिने प्रलोभन देखाएर एक महिलालाई कम्बोडिया लगेर बेचबिखन गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा घनकुटा सहिदभूमी गाँउपालिका –२ का ३७ वर्षीय किसान राई छन्। राईले एक नेपाली महिलालाई कम्बोडिया लगेर यौन क्रियाकलापमा लगाएको उजुरीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।राईले फेसबुकबाट चिनजान गरी कन्ट्रक्सन तथा व्यापारको काममा ग्यारेन्टी रोजगार हुनेगरी साढे चार लाख रूपैयाँ भिषा खर्चमा ति महिलालाई कम्बोडियामा