प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा आज सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तन सम्बन्धी विश्वका शीर्ष नेताहरुको सम्मेलनलाई आज सम्बोधन गर्दै छन्। स्कटल्याण्डको ग्लास्गो शहरमा हिजोदेखि सुरु भएको हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) अन्तर्गत आज र भोली विश्वका शीर्ष नेताहरुको सम्मेलन हुन लागेको हो। सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा गएराति ग्लास्गो पुगिसकेका छन्। देउवाले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्ने कायक्रम छ।  देउवाले  भोलि बिहान भारतीय समकक्षी नरेन्द्र म