८० प्रतिशत दृष्टिदोष उपचारबाट निको पार्न सकिने

काठमाडौं : आज अक्टोबर महिनाको दोस्रो बिहीवार, विश्व दृष्टि दिवस विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ।नेपालमा भने दशैं पर्व परेकाले सरोकारवाला निकायले औपचारिक कार्यक्रमको आयोजना गरेका छैनन्। विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतिको दृष्टिजन्य समस्याबाट ग्रस्त छन्।विश्वमा विपन्न र न्यून आयस्रोत भएका परिवारमा दृष्टिविहीनको संख्या धेरै पाइएको छ ।कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत विकासशील तथा अ