भोजपुर । नेकपा एमाले भोजपुरको नवनिर्वाचित जिल्ला कमिटीको पहिलो बैठकले सांगठानिकसँगै चुनावकेन्द्रित विभिन्न निर्णय गरेको छ । बैठकले यही फागुन १५ देखि एक महिना पार्टी निर्माण तथा संगठन शुद्धीकरण अभियान चलाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईका अनुसार ‘जनताको घरमा एमाले’, ‘गाउँ फर्क’ र ‘पार्टी प्रवेश’ अभियान […]
नेकपा (एमाले)ले वार्षिक कार्ययोजना तयार पारेको छ। तीन दिनसम्म सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले पार्टीको सङ्गठन विस्तार र शुद्धीकरण अभियान सञ्चालन गर्न कार्ययोजना तयार पारेको हो। ललितपुरस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले शनिबार बसेको स्थायी कमिटी बैठकले तयार पारेको वार्षिक कार्ययोजना केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको जानकारी दिनुभयो।