गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे प्रदेशसभा बैठकमा अनुपस्थित

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने प्रयोजनका लागि बसेको प्रदेशसभा बैठकमा उपस्थित भएनन् । उनले यसअघि मुख्यमन्त्रीको साथ छाडेको खबर बाहिरिएको थियो । उनी अनुपस्थित भएको प्रदेशसभामा जनमोर्चाका सांसद कृष्ण थापा तथस्ट बसे जम्मा ५७ मत खस्यो । जसमा विश्वासको मतको पक्षमा २७ र बाँकी ३० मत विपक्षमा खस्यो । यससँगै खण्डकी प्रदेश सरकार ढलेको छ ।

सम्बन्धित सामग्री

दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश

गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।पूर्व प्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए । नेकपा (एमाले),