पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला र सङ्घीय राजधानी काठमाडौँबीचको सडक सम्पर्क टुटेको छ ।  निरन्तरको वर्षाका कारण सिद्धिचरण लोकमार्गअन्तर्गत सोलुदूधकुण्ड नगरपालिका-११ सिस्नेरीको साल्मे क्षेत्रमा शुक्रबार दिउँसो करिब २० मिटर सडक भासिएपछि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको हो ।  सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र […]