स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली आवश्यक : मन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि एकीकृत स्वास्थ्य प्रणाली विकास गर्न जरुरी रहेको बताएका छन् । शनिवार वीर अस्पतालको १३५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पताल भित्रका सबै इकाइहरुको समन्वय हुन आवश्यक रहेको बताए ।