काठमाडौं : गीत अब केबल सुन्ने विषय मात्र बनेन। हेर्ने साधन पनि बनेको छ। गीतलाई चर्चामा ल्याउन भिडियोको भूमिकालाई अपरिहार्यताको रूपमा लिन थालिएको छ। त्यसैले त अचेल गीतमा स्तरिय भिडियो बनाउन लगानी गर्नेको कमी छैन। कलाकारको छनोटदेखि लिएर लोकेशन छनोटलाई पनि महत्वपूर्ण रुपमा लिने गरिएको छ।ती लोकेशन र कथाका पात्रलाई दृश्यमा उतार्ने अर्को व्यक्ति हो क्यामेराम्यान। काँचको पर्दामा दृश्य उतारेर दर्शकलाई आकर्षित गर्नु उनीहरूको मुख्य काम हो। क्यामरा केवल दृश्य उतार्ने सामान मात्र नभएर यसतर्फ आकर्षित व