गलकोट : जैमिनी नगरपालिका राङ्खानीका स्थानीय गम्भीर विश्वकर्माको उमेर ५५ नाघ्यो। पन्ध्र वर्षको उमेरदेखि स्थानीय ढुङ्गाखानीमा काम गर्दै आएका उनले ढुङ्गाखानीमा काम गरेको ज्यालाबाटै परिवार पाल्दै आएका छन्।
जैमिनी नगरपालिका-७ जैदीस्थित हर्दिया ढुङ्गाखानी स्थानीय सरस्वती निम्न माध्यामिक विद्यालयको जग्गामा छ। परम्परागतरूपमा घर छाउनका लागि प्रयोग गरिने ढुङ्गाको पछिल्लो समय व्यापार…