फाइभजी प्रविधिमाथि हालेको जूहीको मुद्धा खारेज, २० लाख जरिवानासमेत तिर्नुपर्ने

एजेन्सी। बलिउड अभिनेत्री जूही चावलाले दिल्ली अदालतमा फाइभजी प्रविधिमाथि प्रश्न गर्दै दर्ता गराएको मुद्धाको शुक्रबार सुनुवाई भएको छ। सुनुवाईमा अदालतले बिनाकुनै ठोस कारण मुद्धा दर्ता गराएको भन्दै जूहीको मुद्धालाई खारेज गरिदिएको छ। अदालतले मुद्धादर्ता गराउनेलाई कानूनी प्रक्रियाको गलत प्रयोग गरेको भन्दै२० लाख भारु जरिवानासमेत गरेको छ। अदालतले मुद्धादर्ता गराउनेले अदालतको अमूल्य समय बर्बाद गरेको भन्दै २० लाख जरिवाना तोकेको हो।

सम्बन्धित सामग्री

फाइभजीविरुद्ध मुद्धा हालेकी अभिनेत्री जुहीलाई जरिवाना तिर्न एक हप्ताको समय

एजेन्सी। फाइभजीविरुद्ध मुद्धा हालेका कारण अदालतले जरिवाना तोकेको बलिउड अभिनेत्री जुही चावलालाई जरिवाना तिर्न एक हप्ताको समय दिएको छ। अदालतले जुन ४ मा फाइभजी नेटवर्क प्रविधिलाई चुनौती दिँदै जुहीले हालेको मुद्धा खारेज गर्दै अभिनेत्रीलाई २० लाख भारु जरिवाना तोकेको थियो। दिल्ली उच्च अदालतले बुधबार अभिनेत्री चावलासँगै अन्य दुईलाई जरिवाना तिर्न एक हप्ताको समय दिएको हो।