५ भदौ, काठमाडौं । ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३० बजे समाजवादी चिन्तक प्रदीप गिरिको निधन भएको छ । भारतको मुम्बईमा क्यान्सरको उपचार गरी फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता अस्पताल भर्ना गरिएको थियो । क्यान्सर बिरामी गिरिमा निमोनिया देखिएपछि स्वास्थ्य अवस्था शुक्रबार नै जटिल बनिसकेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल […]