काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेतामा डा शेखर कोइराला समूहले गगन थापालाई अघि बढायो। शेखरको पनि संसदीय दलको नेतामा भिड्ने चाहना थियो। तर, पुस्तान्तरणको आवाजलाई सम्मान गर्दै शेखरले आफ्नो चाहना त्यागे र संस्थापनइतरबाट गगनलाई संसदीय दलको नेतामा भिड्न 'फ्लोर ओपन' गरिदिए।
यसको सन्देश थियो पटकपटक प्रधानमन्त्री भइसकेका पार्टी सभापति…