नाला तथा ढल निर्माणमा अनियमितता भएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गर्दै जनकपुरधाम नगर घुमाएका छन् । अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि आक्रोशित सिके राउतका कार्यकर्ताले निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका हुन् । जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्या