काठमाडौँ- नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन सरकारलाइ सुझाव दिएको छ। नाडाले बिहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटगरी मन्त्रालयसँग सम्बन्धित २६ बुँदे सुझावहरू पेश गरेको हो। भेटमा नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले मन्त्री महासेठसंग विभिन्न विषयहरूमा छलफल गरेको छ। […]