ट्विटरमा भएको शेयरबारे ढिला खुलासा गरेको भन्दै मस्कमाथि मुद्दा

चैत ३०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकका प्रमुख कार्यकारी अधिकारी (सीईओ) एलन मस्कले मुद्दा खेप्दै छन् । उनलाई ट्विटरका पूर्व शेयरधनीहरुले सामूहिक मुद्दा हाल्न लागेका हुन् । ट्विटरमा भएको आफ्नो स्वामित्वबारे समयमै खुलासा नगरेको कारण आफूहरुलाई घाटा भएको भन्दै म्यानह्याटन संघीय अदालतमा उनमाथि सामूहिकमुद्दा दायर हुन लागेको हो । मस्कले ट्विटरमा ९ दशमलव २ प्रतिशत शेयर किनेको खबर सार्वजनिक भएपछि कम्पनीको शेयरमूल्य बढेको छ । उनी कम्पनीका सबैभन्दा ठूला शेयरधनी पनि बनेका छन् । कम्पनीको सञ्चालक समितिले समितिमा रहनका लागि गरेको अनुरोध उनले अस्वीकार गरेको भन्दै हालै समाचारहरु सार्वजनिक भएका थिए ।  मुद्दाका वादी तथा ट्विटरका शेयर धनी मार्क बेन रासेलाले मार्च २६ देखि अप्रिल १ को बीचमा कम्पनीको शेयर धनीका रुपमा रहेका व्यक्तिका तर्फबाट मुद्दा हाल्दै छन् । यस अवधिमा कम्पनीमा मस्कको शेयर स्वामित्व ५ प्रतिशत नाघेको थियो । मुद्दाको प्रतिलिपिअनुसार मस्कले शेयर स्वामित्व ५ प्रतिशत नाघेको १० दिनभित्र शेयर नियामक सेकमा यसबारे जानकारी दिनुपथ्र्यो ।  तर उनले अप्रिल ४ सम्म पनि यस्तो गरेनन् । अप्रिल ४ मा मस्कले ट्विटरमा शेयर स्वामित्वबारे घोषणा गरे । अप्रिल १ देखि अप्रिल ४ को बीचमा कम्पनीको शेयरमूल्य २७ प्रतिशतले बढेको थियो । यस अवधिमा शेयर बेच्नेहरुलाई घाटा भएको मुद्दामा भनिएको छ। मुद्दामा वित्तीय आर्थिक क्षतिपूर्ति मागिएको छ । मस्क र विवाद पर्यायवाची नै हुन् । उनले केही गरे भने पनि विवादमा तानिन्छन् अनि नगरेपनि विवादमै रहन्छ । एजेन्सी

सम्बन्धित सामग्री

सम्झौता विपरित नेपालीलाई इजरायल पठाउने गरेको खुलासा

श्रम सम्झौता विपरित केही समूहले नेपाली नागरिकलाई इजरायलस्थित स्याहार केन्द्रमा पठाउने गरेको खुलासा भएको छ।...

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ।

भन्सार कर्मचारीको मिलेमतोमै रासायनिक मल बेचेको खुलासा

गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ।

चीनमा मानव अङ्गको डरलाग्दो कारोबारबारे नयाँ खुलासा

काठमाडौँ– चीनमा मानव अङ्गको कारोबारबारे नयाँ खुलासा भएको छ । चीनले लामो समयदेखि जबरजस्ती मानव अङ्ग सञ्चिती गर्दै आएको अरोप लाग्दै आएका बेला एकजना प्रत्यक्षदर्शीले नयाँ खुलासा गरेका हुन् । जापानी आपराधिक गिरोहका पूर्व सदस्यले शल्यक्रिया गर्ने चिनियाँ चिकित्सकहरुले एकजना युवाको कलेजो निकालेको खुलासा गरेका हुन् । भिजन टाइम्सका अनुसार उनको शरिरबाट अङ्ग निकाल्नुअघि उनलाई […]

ओलीलाई प्रधानमन्त्रीमा अफर गरेको प्रचण्डको खुलासा

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् ।बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई प्रधानमन्त्री मानेर भएपनि आफूहरु अघि बढ्न तयार भएपनि ओलीले नमानेको प्रचण्डको जिकिर छ । प्रधानमन्त्री शेरबहादुर देउवाले

प्रचण्डले गरे सभामुख सापकोटाको पद जोगाएको खुलासा

काठमाडौं, ११ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटाको पद धरापमा परिसक्दा जोगाएको खुलासा गरेका छन् । उनले माओवादी केन्द्रको बागमती प्रदेश कमिटीलाई सम्बोधन गर्दै सभामुखको पद जोगाउनका लागि एमसीसी टेबल गर्न दिइएको खुलासा गरे । एमसीसी टेबल गर्न दिइएपनि काँग्रेसले अनुमोदनको लागि दबाब दिइरहँदा प्रचण्डको महत्वपूर्ण खुलासा समेत भएको छ […]

भारतले नेपाललाई किन धम्क्याएको थियो, ओलीले गरे यस्तो खुलासा

पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतले धम्क्याएको खुलासा गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना दूत एस जयशंकरमार्फत् संविधान पारित नगर्न धम्की दिएको ओलीले खुलासा गरेका हुन्।

चर्चित फुटबलरले आकाशमा प्लेनभित्रै 'यौन सम्बन्ध' बनाएको खुलासा

एक एयर होस्टेजले एक चर्चित फुटबलरबारे खुलासा गरेकी छन्। बेलायतका एक चर्चित फुटबलर प्लेनभित्रै सेक्स गर्दैगरेको खुलासा लोरा नामकी एयर होस्टेजले गरेकी हुन्।

प्रधानमन्त्री बन्न प्रस्ताव आएको नेपालको खुलासा

काठमाडौं, असार १३। नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइसकेको खुलासा गर्दै कुनै पनि हालतमा आफूले विपक्षी गठबन्धन नछाड्ने बताउनु भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित कार्यक्रममा उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले आफूलाई शेरबहादुर देउवालाई हेरेको हे(यै बनाइ दिऊँ भनेर आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको टिप्पणी […]