अर्को टोलका साथीहरूसँग चंगाचैट पार्ने ‘ग्याङ वार’ हुन्थ्यो

निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ । र, यो संस्थाको अध्यक्षको जिम्मेवारीमा अहिले उद्यमी शेखर गोल्छा छन् । उनी सन् १९३२ मा स्थापना भएको गोल्छा ग्रुपको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् ।गोल्छा ग्रुपको इतिहास नेपालको औद्योगीकरण र प्रजातान्त्रिक आन्दोलनसँग पनि जोडिन्छ । गोल्छा ग्रुपका संस्थापक स्वर्गीय रामलाल गोल्छाले सन् १९३७ मा मोरङको विराटनगरमा स्थापना गरेको विराटनगर जुट मिल्स नै नेपालको पहिलो उद्योग थियो ।विराटनगर जुट मिल्सका मजदुरको हड्तालमा सहभागी भएका