आइपिएल : कोलकाता र बेंग्लोरबीच आज हुने भनिएको म्याच रद्द, कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज हुने भनिएको म्याच रद्द गरिएको छ । कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंग्लोरबीच हुने भनिएको म्याच कोलकाताका दुई खेलाडीमा कोरोना संक्रमण पाइएपछि रद्द गरिएको हो ।कोलकाताका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स संक्रमित भएका हुन् । कोलकाताका दुई खेलाडी संक्रमित भएसँगै बेंग्लोरले म्याच खेल्न नचाहेपछि सोमबारको म्याच रद्द गरिएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ ।स्थगित गरिएको म्याचलाई पछि खेलाइने आयोजकको भनाइ छ । आइपिएल सुरु