पाल्पा अस्पताल विकास समितिको बैठकले पाल्पा अस्पताल अन्तर्गत सञ्चालित पीसीआर प्रयोगशाला (ल्याब) का कर्मचारीलाई तोकिए बमोजिम सेवा सुविधा दिने भएको छ । तोकिए बमोजिम सेवा सुविधा नपाएपछि कोभिड १९ परीक्षण प्रयोगशालाका सबै कर्मचारीले आइतबारबाट काम रोकेका थिए ।