युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले कोरोनालाई परास्त गर्दै खेल गतिविधिहरुलाई चलायमान गराउनुपर्ने समय आएको बताएका छन् । शनिबार नेपालगन्ज म्याराथनको उद्घाटन गर्दै मन्त्री गहतराजले सो कुरा बताएका हुन् । मन्त्री अथकले नेपालगन्ज म्याराथनलाई स्थापित म्याराथनका रुपमा सूचीकृत गराउन पहल गर्ने बताए ।उनले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले नयाँ योजना तथा नीति तय गरेका बताए । म्याराथनमा सहभागी हुन नेपालगन्ज पुगेका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताए । महानायक हमालले