पूर्व अरनिको यातायात प्रालिमा विद्युतीय गाडी दर्ता गरी सञ्चालन गर्न पाइने

पूर्व अरनिको यातायात प्रालिद्वारा सेवा संचालित क्षेत्रहरुमा हालसम्म बस, माइक्रोबस, सुमोले मात्रै सेवा दिँदै आएकोमा अब बिजुली गाडी पनि दर्ता गरी सेवा प्रवाह हुने भएको छ । सट्टा भर्नाका रुपमा यस कम्पनीअन्तर्गत बिजुली गाडी दर्ता गरी सेवा प्रवाह गर्न सकिने कम्पनीले जनाएको छ ।