एमाले निकट अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्ति गर्न माग गरेको छ ।आयोगका सदस्य हेमराम ढकाललाई आईतबार ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले सेवाहरु चुस्तदुरुस्त बनाउन माग गरेको हो । त्रिवि सेवा आयोग १० महिनादेखि अध्यक्षबिहिन छ ।