अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केनले भारतको दिल्लीमा बुधवार दलाई लामाका एक प्रतिनिधिलाई भेटेको मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन् ।
‘परराष्ट्रमन्त्री ब्लिन्केनले नयाँ दिल्लीमा आज बिहान दलाई लामाका प्रतिनिधि न्गोदुप दोङचुङसँग छोटो भेटघाट गर्नुभएको छ,’ ती अधिकारीले बताए ।
चीनबाट ६ दशकअघि भागेर भारतको शरणमा आएका दलाई लामालाई चीनले पृथक्तावादी मान्ने गरेको छ । दलाई लामाले चाहिँ आफू पृथक्तावादी नभएको र तिब्बतको ठोस स्वायत्तता तथा तिब्बती बौद्ध संस्कृतिको जगेर्ना गर्ने उद्देश्य मात्र रहेको ...