मुगुको गमगढी रारा गिलाह सडक निर्माण कार्य अन्तिम चरणमा - Naya Patrika
मुगुको गमगढी रारा गिलाह ग्रामिण सडकको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिसस मुगु अन्तरगत गैह्र सरकारी संस्था ग्रामिण पहुँच कार्यकम्रको आर्थिक सहयोगमा ५ बर्ष देखि निर्माण भइरहेको उक्त...पूरा पढ्नुहोस् »
कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने खार्पुनाथ र सर्के गार्ड गाउँपालिकाको सिमाना छारे भीरको चट्टानी क्षेत्रमा सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पूर्व–पश्चिम राजमार्गको चन्द्रौटाबाट कृष्णनगर नाका जोड्ने सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल माघबाट निर्माण सुरु कार्य भएको चन्द्रौटा–कृष्णनगर चार लेन सडक ८० प्रतिशत काम पूरा भएको निर्माण कम्पनीले जनाएको छ ।
चैत २३, बाँके । चुनावी सरगर्मी बढेसँगै बाँकेमा सडक निर्माणको कामले पनि तिव्रता पाएको छ । २०७३मा चुनाव जितेका जनप्रतिनिधिको कार्यकाल सकिनै लागेको र आगामी चुनाव पनि नजिक हुँदै गएपछि बाँकेका विभिन्न स्थानीय तहमा विकास निर्माणका कामले पनि तिव्रता पाएको हो ।
पहिलो कार्यकालको समय सकिनै लागेपछि जनप्रतिनिधिहरुले सडक निर्माण धमाधम गर्न थालेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा सडक निर्माणसँगै अन्य विकासका योजनाको काम धमाधम अघि बढ्ना थालेको छ ।
वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट विनियोजित ९० लाख रुपैयाँ बजेट बराबरका ७ ओटा पिसिसी सडकको काम अघि बढाएका छन् ।
उक्त बजेट प्रदेश सरकारबाट विभिन्न सडकका लागि चालु आर्थिक वर्ष २०७८÷०७९मा विनियोजन गरिएको थियो ।
सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई सडक निर्माणको काम अघि बढाइएको छ । उक्त बजेटबाट शरू गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले बताए ।
उनले आफ्नो कार्यकाल सकिनै लाग्दा वडाभित्र एकैसाथ सात सडक निर्माण शुरू गरेका छन् । वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले ३० लाख रुपैयाँ लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गरिरहेको बताए ।
उनले भगवती टोलमा २, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा १÷१ सडक निर्माणको काम अघि बढाएका छन् ।
उनले सो बाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको पनि बताए ।
गरिब, विपन्न र दलित परिवारका लागि ६५ ओटा पानीका धारा जडान गरेको समेत उनको भनाइ छ । वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएकोसमेत बताए ।
उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले २ लाख ५० हजार रुपैयाँदेखि ३ लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए । सडकमा पिसिसी र ग्राभलिङको काम भइरहेको उनको भनाइ छ ।
वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले संघीउ सरकारको बजेटमार्फत सडक पूर्वाधार निर्माणको काम भइरहेको बताए । उनले २३ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको बताए । रासस
चैत १४, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० ओटा टावर निर्माण गरिसकेको छ ।
दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ ओटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो ।
आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।
आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए ।
सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । उनले भने, ‘अहिलेसम्म करीब ३०० मिटर मुख्य सुरुङ खनिएको छ ।’
केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ ।
आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी रू. ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको रू. १५ करोड रहेको छ ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाले रू. १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रू. आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रू. आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस
पोखरा महानगरपालिको याम्दीदेखि घट्टेखोलासम्मको १२ किलोमिटर खण्डको सडक भाइरल सडकका रूपमा देखिन थालेको छ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको कास्की खण्डअन्तर्गत रहेको सो सडक निर्माण कार्य अन्तिम चरणमा पुगेपछि यसको सुन्दरताले सबैलाई मोहित बनाएको छ ।
सडक सौन्दर्यकरणको कामसमेत अन्तिम अवस्थामा पुगेपछि पोखराको सुन्दरतालाई सडकका साथ लिन थालिएको छ ।सराङकोटबाट समेत निकै फराकिलो देखिने सो सडक खण्डको फोटो खिच्न र टिकटक बनाउन याम्दी पुग्ने गरेका छन् ।
सडकबाट देखिने माछापुच्छ«े ,सेती नदी र हेम्जा फाँटले पोख्रेलीसमेत मोहित भ...
२७ असोज, कास्की। राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल) सडक आयोजनाले जनाएको छ । ढिलोमा आगामी माघ महिनाभित्रमा सम्पूर्ण काम सम्पन्न हुने दावी गरिएको छ । फेदीदेखि घट्टेखोलासम्मको […]
धनकुटा – धनकुटाको मुलघाटदेखि ताप्लेजुङ हुँदै चीनको सिमानामा रहेको ओलाङचुङगोलासम्मको तमोर करिडोर सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
धनकुटाको मुलघाटदेखि २०६६ सालबाट सुुरु गरिएको तमोर करिडोर अन्तरगतको ट्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । तमोर करिडोर सडकले मध्यपहाडी लोकमार्गलाई जोड्न करिब २५ किलोमिट...