डिडिसीले मौज्दात सामान धितोमा राखेर दूध किसानको बक्यौता तिर्ने

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले बिक्री नभई मौज्दातमा रहेको धुलो दूध र मख्खन बंैकमा धितो राखेर किसानलाई दूधको पैसा उपलब्ध गराउने निर्णय गरेको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम...

सम्बन्धित सामग्री

लागत खर्च नउठेको भन्दै दूधको मूल्य बढाउन माग

चितवन । चितवनका दुग्ध उत्पादक किसानले लागत खर्च नउठेको भन्दै दूधको मूल्य बढाउन माग गरेका छन् । आइतवार भरतपुरमा पत्रकार सम्मेलन गर्दै दुग्ध किसानले दाना र चोकरमा ३० प्रतिशतसम्म मूल्यवृद्धि भए पनि एक वर्षसम्म दूधको मूल्य नबढेको गुनासो गरेका हुन् । चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले लागतको तुलनामा आहाराको मूल्य वृद्धि अत्यधिक भएकाले दूधको मूल्य बढाउनुपर्ने बताए । ‘दूधको मूल्य एक वर्षदेखि बढेको छैन,’ उनले भने, ‘यसको तुलनामा आहाराको २५ देखि ३० प्रतिशत वृद्धि भएको छ ।’ दाना र चोकरको मूल्य निर्धारण सरकारले नगर्ने र दूधको मूल्य किसानले तोक्न नपाउने अवस्था रहेको भन्दै उनले दूधको मूल्य नबढाए आन्दोलन गरिने चेतावनी दिए । ‘अहिले हामी ८ देखि १० प्रतिशत घाटा बेहोरिरहेका छौं,’ उनले भने, ‘दूधको मूल्य १५ देखि १७ प्रतिशतसम्म बढाउनुपर्छ ।’ केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष  भागीरथ तिमिल्सिनाले लागत खर्चसँगै बैंकको ब्याजदर वृद्धिले किसान थप समस्यामा परेको बताए । ‘अहिले बैंकहरूले भाखा ननाघी किस्ताका लागि ताकेता गरेका गर्‍यै छन्,’ उनले भने, ‘आतंकित गर्ने काम भएको छ । एकातिर घाटामा छौं, अर्कोतिर बैंकको ब्याजले प्रताडित बनाएको छ ।’ आर्थिक मन्दीका कारण बजारमा बक्यौता समेत धेरै भएकोले बैंकको भाखा कम्तीमा ६ महीना थप्न तिमिल्सिनाले आग्रह गरे । दूधको मूल्य तत्काल वृद्धि गर्नुपर्ने, तत्काल दाना र चोकरको मूल्य वृद्धि गर्नुपर्ने र ऋण असुलीमा बैंकको आतंक तत्काल बन्द गर्नुपर्ने माग उनले गरे । मागहरू सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने उनले बताए । प्रत्येक वर्ष दूधको मूल्य बढाउनुपर्ने, बाच्छाबाच्छी हुर्काएर यहीँ विक्री गर्न अनुदानको व्यवस्था गर्नुपर्ने र घाँसखेतीलाई प्राथमिकता दिनुपर्ने किसानको माग छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेलले वास्तविक किसानलाई कृषक परिचयपत्र उपलब्ध गराउने गरी मन्त्रालयले काम गर्न लागेको बताए । ‘वास्तविक किसानलाई परिचयपत्र दिएपछि केही हदसम्म समस्याको समाधान हुन्छ,’ उनले भने, ‘दुग्ध उत्पादकको जायज माग पनि सम्बोधन गर्नेछौं ।’ चितवन दुग्ध उत्पादनको अग्रणी जिल्लाको रूपमा परिचित छ । यहाँका सबै क्षेत्रका कुल कृषकमध्ये ६३ प्रतिशत दुग्ध उत्पादनमा आबद्ध छन् । चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएकोमा त्यसको ५५ प्रतिशत जिल्लाबाहिर जान्छ । जिल्लामा दूध किसान ५० हजारको हाराहारीमा छन् भने दुधालु गाई तथा भैंसीको संख्या ६८ हजार ६११ छ ।