काठमाडौं : सर्वोच्च अदालत बार एशोसियसनले न्यायाधीश नियुक्ति प्रक्रियामा प्रश्न उठाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको न्याय परिषद्ले हालै सर्वोच्चमा गरेको न्यायाधीश सिफारिसमा चौतर्फी प्रश्न उठिरहेका बेला सर्वोच्च बारले शुक्रवार पत्रकार सम्मेलन गरेर असन्तुष्टि जनाएको हो।
‘न्याय परिषदको सचिव र सर्वोच्चको रजिष्टार पदमा नियुक्ति गरेर ती पदलाई भर्याङ बनाएर सर्वोच्च अदालतमा…