३३ ब्रोकर मिलेर एउटै टीएमएस चलाउने, नेप्सेले दियो एलओआई

सेयर कारोबारका लागि ३३ ब्रोकर कम्पनी मिलेर एउटै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) चलाउने भएका छन् । अहिले सञ्चालनमा रहेको टीएमएसप्रति गुनासो गर्दै ब्रोकरले आफ्नै लगानीमा कम्पनी स्थापना गरी टीएमएस चलाउन लागेका हुन् ।ब्रोकरले नयाँ टीएमएस चलाउने तयारी गरेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएका थिए । धितोपत्र कारोबार नियमावलीले ब्रोकरलाई आफ्नै टीएमएस चलाउने बाटो खुल्ला गरे पनि अहिलेसम्म गृहकार्य भएको थिएन । ब्रोकरले नयाँ टीएमएस चलाउनको लागि अनुमतिका लागि निवेदन दिएपछि सहमतिपत्र (एलओआई) दिइ