सिन्धुपाल्चोकमा बाढी : जम्बुमा ११ घर बगायो, दुई जना घाइते, दुई जनाको मृत्यु, १७ बेपत्ता

काठमाडौं : सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको वडा नम्बर ५ स्थित जम्बुमा बाढीले ११ घर बगाएको छ। बाढीका कारण दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएको वडा नम्बर ५ का अध्यक्ष बेलबहादुर रोकाले जानकारी दिए। अहिले केही प्रहरी र बाह्रबिहे नगरपालिकाका मेयर निमफुन्जो शेर्पासमेत घटनास्थलमा आइपुगेको रोकाले

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकमा बाढी\पहिरो नियन्त्रणका लागि यस्तो छ प्रशासनको पूर्व तयारी

सिन्धुपाल्चोक। तीन वटा स्थानीय तहमा बाढी\पहिरोले क्षति पुर्‍याएसँगै सम्भावित क्षति रोक्न जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पूर्व तयारी थालेको छ। पूर्व तयारीका लागि जिप्रकाले स्थानीय विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जनाए। उद्धार गर्नुपर्ने व्यक्तिको उद्धार गर्ने,सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्व सूचना दिने,क्षतिबाट बच्न प्रचारप्रसार गर्ने लगायतका काम गरिरहेको उनले बताए।

सिन्धुपाल्चोकका बाढी पीडितलाई सेनाको सहयोग

नेपाली सेनाले सिन्धुपाल्चोकमा बाढी पीडितका लागि मेडिकल क्याम्प, खोज, उद्धार तथा राहत वितरण कार्य सञ्चालन गरेको छ । मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका लगायतका विभिन्न स्थानमा क्षति पुर्याएपछि प्रभावित इलाकामा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी सेवा आरम्भ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको हो ।निर्देशनालयका अनुसार हेलम्बु गाउँपालिकास्थित किउल ईलाकाका बाढी पहिरो प्रभावित व्यक्तिका लागि स्वास्थ्य उपचार दिलाउने उद्द

सिन्धुपाल्चोकमा बाढी र पहिरोले दर्जनौ बेपत्ता

सिन्धुपाल्चोक, असार २। सिन्धुपाल्चोकको हेलम्बुमा गएको पहिरोमा परि दर्जनौ बेपत्ता भएका छन् ।पश्चिमी सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको भिषण बाढी पहिरोले तल्लो तटीय क्षेत्रमा समेत व्यापक जनधनको क्षति पुर्‍याएको छ । हेलम्बु गाउँपालिका–१ मा गएको पहिरोले तिम्बु बजारका सात घर बगाउँदा ठूलो मानविय क्षति पुगेको छ । तर, कतिजना हताहति भए भन्ने एकिन हुन सकेको छैन् […]

सिन्धुपाल्चोकमा बाढी, पहिरोको बितण्डा : यी हुन् मृतक, घाइते र बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् ।