कोभिड डेडिकेटेड अस्पतालहरूका लागि स्वास्थ्यकर्मी माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामी उपचारका लागि कोभिड डेडिकेटेड अस्पतालहरुलाई स्वास्थ्यकर्मी माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै इच्छुक डाक्टर, नर्सलाई निवेदन दिन आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश अनुरोध गरेको छ । आइसिएस कमाण्ड सिस्टमको बैठकले डेडिकेटेड अस्पतालले निश्चित समयका लागि स्वास्थ्यकर्मी म

सम्बन्धित सामग्री

सीमा नाकामा हेल्थडेस्कको संरचना बनाइने

झापा । सरकारले विभिन्न ११ ओटा सीमा नाकामा सुविधासम्पन्न हेल्थडेस्क सञ्चालनका लागि दिगो संरचना निर्माण गर्ने भएको छ । विश्व आप्रवासन संगठन (आईओएम)ले बिहीवार र शुक्रवार काँकडभिट्टा नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीका लागि आयोजना गरेको विशेष अभिमुखीकरण तालिमको अवसरमा स्वास्थ्य मन्त्रालयको महामारी तथा रोग नियन्त्रण महाशाखाका अधिकृत डा. अमृत पोखरेलले उक्त जानकारी दिएका हुन् । सबै स्थल सीमा नाका र त्रिभुवन विमानस्थलको हवाई नाकामा आवागमन गर्नेहरूको अनिवार्य स्वास्थ्य जाँच गरी एन्टिजेन विधिबाट कोभिड–१९ को परीक्षण भइरहेको उनले  बताए । काँकडभिट्टा नाकामा हेल्थ डेस्कका लागि कोभिड डेडिकेटेड एम्बुलेन्स सेवा र सुविधासम्पन्न भवनको खाँचो रहेको उनले औंल्याए । उनका अनुसार हेल्थडेस्क भवन निर्माणका लागि सरकारले ५० लाख बजेट छुट्याएको छ । स्रोत साधनको कमीले नाकाको व्यवस्थापन फितलो भए तापनि हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीले जोखिमको सामना गर्दै कोभिड नियन्त्रणमा महŒवपूर्ण योगदान दिइरहेको उनले बताए । महाशाखाको टोलीले काँकडभिट्टा र पशुपतिनगर नाकाको निरीक्षण गरेको बताइएको छ । समुदायले स्वास्थ्य मापदण्डको पालना नगरे आउँदो कात्तिकतिर कोभिड संक्रमणको तेस्रो लहर आउन सक्ने चेतावनी समेत डा. पोखरेलले दिए । रासस