काठमाडौं : नेपाली कांग्रेसको महामन्त्री पदमा युवा नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा जितनजिक पुगेका छन्। ३ हजार ८ सय ६७ मत गणना हुँदा थापाले सर्वाधिक २ हजार ५ सय १८ मत ल्याएका छन्। दोस्रो स्थानमा रहेका शर्माले १ हजार ५ सय ९० मत ल्याएका छन्। थापा सभापतिमा पराजित शेखर कोइराला प्यानलका उम्मेदवार हुन् भने शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिएका हुन्।सभापति शेरबहादुर देउवा निकट शर्माले उनको प्यानलमा महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि कोइरालाको प्यानलबाट लड्ने चर्चा चलेको थि