तालिबानले बागलानको अन्दारब जिल्लामा एक युवकलाई गोली हानी हत्या गरेपछि सार्वजनिकरूपमा जिल्लाको बजारमा उनको शव प्रदर्शन गरेको समाचारमा जनाइएको छ । तालिबानले कासा तरास क्षेत्रको अन्दारबका एकजना बासिन्दालाई गत बुधबार घरबाहिर निस्कन बाध्य पारेको र त्यसपछि उनको हत्या गरेर शव सार्वजनिक प्रदर्शनमा राखेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । तालिवानको स्वेच्छाचारी हत्या बढीरहेको तथा बितेका दश महिनामा कैयौँ पूर्वसुरक्षा बल र कर्मचारीलाई मारिएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता सम्हा