राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयता कार्यान्वयनको सवालमा तीन तहको सरकारबीच समन्वय स्थापित हुन नसकेको बताएका छन् । संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बिहीबार धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले संघीय सरकारले समन्वय गरेन भनेर प्रदेश र स्थानीय सरकार चुप लागेर बस्ने, प्रदेश र स्थानीय तहले समन्वय गरेन भनेर संघीय सरकार चुप लागेर बस्ने स्थितिका कारण संघीयता कार्यान्वयन सबल हुन नसकेको बताए ।अध्यक्ष तिमिल्सिनाले संरचनागत संघीयता, प्रशासनिक संघीयता