गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भिडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । साँस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए । सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक रुपमै निर्देशन दिँदै भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा