एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेट
नेपाल भ्रमणमा रहेका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् ।
२९ असार, काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एमाले पार्टी मुख्यालय, च्यासलमा भएको शिष्टाचार भेटमा लूले नेपालको संसदले एमसीसी पास गरेकोमा धन्यवाद दिएका छन् । साथै उनले एमसीसीलाई छिट्टै अगाडि बढाउने र त्यसक्रममा सिनियर अधिकारीहरु नेपाल आउने जानकारी गराएको एमाले प्रचार […]