अफगानिस्तानमा तालिबान हावी हुँदै जाँदा चिन्तित छ पाकिस्तान

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाँदै गर्दा तालिबानको प्रभाव बढिरहेको छ ।  विगत केही हप्तामा अफगानिस्तानका कैयौं जिल्लामा तालिबानले कब्जा गरेको छ । यस विषयमा संयुक्त राष्ट्रसंघले पनि चिन्ता जनाएको छ ।  अमेरिकी सेना गत मे १ बाट नै क्रमशः अफगानिस्तानबाट निस्कन थालेदेखि नै तालिबानले सरकारी सेनाविरुद्ध अभियान चर्काएको थियो ।  तर तालिबानको प्रभाव बढ्दै जाँदा पाकिस्तान चिन्तित बनेको छ ।  पाकिस्तानका परराष्ट्रमन्त्री शाह महमूद कुरैशीले अमेरिकी सेना गएपछि अफगानिस्तानमा हिंसा चर्केछ भने पाकिस्ता...