एकताको अभावले पार्क चिन्तित

दक्षिण कोरियाका पूर्वकप्तान पार्क जी–सुङले राष्ट्रिय टोलीमा एकताको अभावका कारण विश्वकपमा छनोट हुन संघर्ष गर्नुपरेको भन्दै चिन्ता व्यक्त गरेका छन्। दक्षिण कोरिया आठ पटक विश्वकपमा छनोट भइसकेको छ। तर यसपालि छनोट चरणमा चीन, इरान र कतारसँगको हारपछि दक्षिण कोरिया २०१८ को रूस विश्वकपमा स्वतः छनोट हुने दौडबाट बाहिरिने संघारमा पुगेको छ।

सम्बन्धित सामग्री

वर्षायाम शुरू हुन लागेसँगै पाटन क्षेत्रमा चिन्ता

तनहुँ । व्यास नगरपालिका–५ स्थित पाटन क्षेत्रका बासिन्दा वर्षायाम शुरू हुन लागेसँगै चिन्तित हुन थालेका छन् । गतवर्ष मादी नदीमा आएको बाढीले बस्तीको क्षेत्र कटान गरेपछि उचित संरक्षण हुन नसक्दा उनीहरू चिन्तित भएका हुन् ।      बस्तीदेखि करीब ७० मिटर दूरीमा मादी नदी बगेकाले उक्त क्षेत्र जोखिममा रहेको पाटन टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्ष तटबन्धका लागि सम्बन्धित निकायमा हारगुहार गरे पनि कुनै सुनुवाइ भएन । ‘अहिले नगरको ३ नम्बर वडास्थित भतेरीमा तटबन्ध निर्माण गर्न लागेपछि सीधै पाटन क्षेत्रमा असर पर्ने देखिन्छ,’ उनले भने । मादी नदी कटानका कारण त्यस क्षेत्रका करीब ६६३ घरधुरी जोखिममा परेका हुन् । नगरको चौध वडामध्ये बाह्र वडा मादी नदीवारी र दुई वडा मादी नदीपारि पर्दछन् ।      वर्षात् हुन थालेपछि नदी किनार आसपासका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको तल्लो पाटन खानेपानी संस्थाका अध्यक्ष टंकबहादुर थापाले बताए । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका गरी करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत जोखिममा पर्ने देखिएको छ । समयमै यसतर्फ ध्यान नदिए करोडौंको क्षति बेहोर्नुपर्ने बताइन्छ । त्यस क्षेत्रमा पर्ने वृद्धाश्रम, भजनकीर्तन भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन पराशर पार्क, सामुदायिक भवन, पराशर माध्यमिक विद्यालयलगायतको संरचनामा क्षति पुग्ने देखिएको हो । तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुंगे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोवास छ । रासस

नदी कटान रोक्न जैविक तटबन्ध निर्माण

कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका–९ सीताबस्तीका करन ऐडीले दुई बिघा जग्गामा लगाएको उखु खेती बर्सेनि दोदा नदीमा आउने बाढीले जग्गा कटान गरी बगाउने गरेको छ । जग्गासँगै खेतमा रोपेको उखु बाली नदीको बाढीले बगाउन थालेपछि उनी निकै चिन्तित छन् । नदीमा पानीको बहाव उच्च भएका बेला बाढीको पानी खेतमा चढेर डुबानसमेत पार्ने गरेको छ ।      उखु बालीबाट उनले चाहेजस्तो आम्दानी लिन सकेका छैनन् । ‘नेपाल–भारतको सीमावर्ती क्षेत्र भएकाले नदीको धार परिवर्तन गर्न पनि सकिने अवस्था छैन’,  उनले भने, ‘पहिला नदी भारततर्फ भएर बग्ने गरेको थियो । नेपालतर्फ खासै क्षति पुर्‍याउँदैनथ्यो । हाल नदीको धार परिवर्तन भई नेपालतर्फ भएर बग्न थालेपछि उब्जाउ जमिन बगाउन थालेको छ । भारततर्फ जंगल (दुधुवा नेशनल पार्क) भएकाले खासै क्षति पुर्‍याएको छैन ।’       सीताबस्तीका दुई दर्जन परिवारको जग्गा नदी छेउमै पर्छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षापछि आएको बाढीले झन्डै ७०० मिटर क्षेत्रमा जग्गा कटान गरेको छ । धेरै किसानको जग्गा नदीले बगाई बगरमा परिणत गरिसकेको छ । नदीमा अझै पानीको बहाव उच्च हुँदा जग्गा कटान जारी छ । जग्गा कटान रोक्नका लागि स्थानीय बासिन्दाले विपद् व्यवस्थापन समिति गठन गरी जैविक तटबन्ध निर्माणको कार्यमा जुटेका छन् ।       ‘धेरै ठाउँमा पुगेर जैविक तटबन्धको प्रभावकारिताका बारेमा जानकारी लिएपछि जैविक तटबन्ध निर्माणमा जुटेका छौं’, समितिका अध्यक्ष पदम परियारले भने, ‘बाढीको पानीबाट जग्गा जोगाउन जैविक तटबन्धले प्रभावकारी भूमिका खेलेको पाइएपछि नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले मर्सिकोरको सहयोगमा सञ्चालन गरेको एमरेड परियोजनासँग समन्वय गरी बाँसको जैविक तटबन्ध निर्माणमा जुटेका छौं ।’ थोरै लागतमा निर्माण हुने जैविक तटबन्ध निर्माणका लागि पुर्नवास नगरपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रमले समेत सघाउ पु¥याएको छ । कार्यक्रमअन्र्तगत नगरपालिकाले अदक्ष कामदारको ज्यालाबापतको रकम बेहोर्ने भएको छ । पहिलो चरणमा नदीको बहावले बढी क्षति पु¥याउन थालेको क्षेत्रमा ३०० मिटर जैविक तटबन्ध निर्माण भइरहेको छ । यसका लागि ४ लाख ९१ हजार ९३३ बजेटको व्यवस्था गरिएको छ । सो परियोजनाले दोदा नदीले गरिरहेको जग्गा कटान रोकथामका लागि २ लाख २४ हजार ९४, स्थानीय समुदायको श्रमदान, नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्र्तगत ६३ हजार ८३९ र नगरपालिकाले स्थानीय सामग्रीको व्यवस्थापनका लागि १ लाख ९९ हजार ९२५ रकम बेहोर्ने सहमति भएको परियोजनाका अधिकृत महेश घिमिरेले जानकारी दिए । उनका अनुसार जैविक तटबन्ध निर्माणका लागि दक्ष कामदार ७८ र अदक्ष कामदार १२४ जना लाग्ने भएका छन् ।       तटबन्ध निर्माणमा बाँस ९१८ र बालुवाका बोरा ६ हजार ४०० लाग्ने अनुमान गरिएको छ । तटबन्ध निर्माणपछि नदी तटीय क्षेत्रमा वृक्षरोपणको कार्यसमेत हुनेछ । जिल्लाका अरू क्षेत्रका लागि जैविक तटबन्ध निर्माण नौलो नभए पनि सीताबस्तीमा भने पहिलो पटक जैविक तटबन्ध निर्माण हुन लागेको हो । विपद् व्यवस्थापन समितिका सचिव कृष्ण दाहाल जैविक तटबन्ध निर्माण यस क्षेत्रकै लागि नौलो भएको बताउँछन् । ढुंगा र तारजालीको प्रयोग गरी निर्माण हुने तटबन्ध निर्माणका लागि धेरै निकायमा पुगे पनि सुनवाइ नभएको उनले बताए । रासस