रुपन्देही – भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट (परीक्षण उडान) सम्पन्न भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समयअनुसार आज आइतवार क्यालिब्रेशन फ्लाइट सम्पन्न भएको हो । गएको फागुन ५ गते नेपाल आएको एरो थाईको जहाजले आजसम्म तोकिएको उडानहरू पूरा गरेको प्राधिकरणले जनाएको छ ।
आज सकिएको क्यालिब्रेशन फ्लाइटपछि अब एरो थाईले प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा बुझाउने छ । यसरी प्रतिवेदन आएपछि यसलाई प्राधिकरणको एरोनटिकल इन्फरमेसन म्यानेजमेन्ट (एएमआई) वि...