कैलाली : कैलालीमा एक युवक प्रहरी थुनाबाट हत्कडीसहित भागेका छन्। हजुरआमाको हत्या आरोपमा पक्राउ परेका चुरे गाउँपालिका वडा नम्बर ६ भावरका २३ वर्षीय गणेशबहादुर ऐर बुधवार राती हत्कडीसहित थुनाबाट भागेका हुन्।
इलाका प्रहरी कार्यालय फल्टुडेको नियन्त्रणमा रहेका ऐर खाना खाने बेला हत्कडीसहित भागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।