म्याग्दीको नर्थ अन्नपूर्ण आधार शिविरमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङदेखि हुमखोलासम्म सडक, २२ किलोमिटर मौरिस हर्गोज पदमार्ग निर्माणले आधार शिविरमा पदयात्रामार्फत आउने पर्यटकको संख्या बढाएको हो । आधार शिविरको समथर फाँटमा निलो तलाउ, तलाउ नजिक रहेका अग्ला हिमाल, सूर्योदयले चम्केका सेताम्मे अन्नपूर्ण, निलगिरिलगायतले हिमालले स्वदेशी तथा […]