जेरार्ड पिकेको गोलको मद्दतले बार्सिलोनाले डाइनामो किएभमाथि १–० को जीत हासिल गरेको छ । यो सिजन च्याम्पियन्स लिगमा बार्साको पहिलो जीत हो ।खेलको ३६ औँ मिनेटमा जोर्डी अल्बाको पासमा पिकेले खेलको निर्णायक गोल गरे । युरोपियन प्रतियोगितामा बार्सिलोनाले करिब साढे चार घण्टाको खेलपछि पहिलो गोल गरेको थियो । जीतसँगै बार्सिलोनाले प्रतियोगिताको नकआउट चरणमा छनोट हुने सम्भावना कायम राखेको छ । यसअघिका दुई खेलमा बार्सिलोना बायर्न म्युनिख र बेनफिकासँग समान ३–० गोलअन्तरले पराजित भएको थियो । तीन खेलप