सल्यान : सल्यानबाट चालू आव ०७८/७९ को दुई चौमासिकमा १२ करोड रूपैयाँभन्दा बढीको कृषिजन्य वस्तुको निकासी भएको छ। चालू आवको पहिलो र दोस्रो चौमासिक ८ महिनामा १२ करोड ७ लाख २६ हजार ५५ रूपैयाँको कृषिजन्य वस्तु जिल्ला बाहिर निकासी भएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।कार्यालयका अनुसार जिल्लाबाट टमाटर ११ लाख १० हजार ७ सय ३१ किलो, बन्दा ८ लाख हजार १२ हजार ७ सय २७ किलो, काउली ४ लाख ४२ हजार २ सय ५० किलो, सिमी १ लाख २६ हजार ४ सय ४२ किलो, भिँडे खुर्सानी १ लाख १३ हजार ६ सय २६ किलो, काँक्रो