उपत्यकाको यातायात व्यवस्था आफ्नो मातहतबाट झिक्न खोजेपछि संघविरुद्ध बागमती सरकार सर्वोच्च पुग्यो

काठमाडौं । बागमती प्रदेश सरकारले पहिलो पटक नेपाल सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ । बागमती प्रदेश सरकारका तर्फबाट श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,संघिय संसद सचिवालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण, संघीय राजधानी […]